site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आशिका तामाङ २० हजार धरौटीमा रिहा हुने अदालतको आदेश

काठमाडौं । आफूलाई अभियन्ता बताउने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरिएको छ । आपराधिक उपद्रव गरेको कसुरमा दायर मुद्दामा शुक्रबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।

साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्ने व्यक्तिहरूसँग २० रुपैयाँ कर संकलन गर्ने सूर्यविनायक नगरपालिकाको निर्णयविरुद्ध उनले आवाज उठाएकी थिइन् । त्यसक्रममा कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोमा उनीविरुद्ध आपराधिक उपद्रव गरेको कसुरमा मुद्दा दायर गरिएको थियो । कर्मचारीबाट खोसेर उनले कर संकलनको रसिद जलाइदिएकी थिइन् ।

त्यसविरुद्ध सूर्यविनायक नगरपालिकाको जाहेरीमा प्रहरी वृत्त जगातीले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा चलाइएको मुद्दामा जिल्ला अदालतले धरौटीमा रिहा हुने आदेश गरेको हो ।

यही माघ १४ गते आशिकालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो । त्यही दिन उनलाई काठमाडौंबाट भक्तपुर लगिएको थियो ।

माघ २ गते सुरुमा उनलाई स्वयम्भूबाट पक्राउ गरिएको थियो । त्यसयता उनी प्रहरी हिरासतमा थिइन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro