site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खाडीको पैसाले सरकार र संसद् चलिरहेको छ : सांसद केसी
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजीनित दलहरू आफ्नो घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन नसकेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

उनले अहिले दैनिक दुई हजार युवा विदेश गइरहेको उल्लेख गर्दै यही हो प्रगति ? भन्दै प्रश्न गरे । मुलुकलाई पुँजीवादले नांगो प्रहार गरेको उनको भनाइ छ । उनले मुलुकमा भएका उद्योग तथा कलकारखानाहरू बन्द भएको तथा शिक्षा प्रणालीमा सुधार नगरिएको कारण युवा पलायन बढी रहेको उल्लेख गरे ।

अहिले खाडी र विकसित देशरुबाट आउने रेमिट्यान्सले सदन र सरकार चलिरहेको टिप्पणी गरे । जनतामा बढ्दो घृणालाई कम गर्न नसके व्यवस्था नै नरहने बताए । अध्यक्ष केसीले कांग्रेस–एमालेको संयुक्त सरकारले गरेको सहमति कार्यान्वयन नगरेको समेत बताए । उनले संविधान कार्यान्वयन गर्छु भन्नुभएको होइन, खै ? भन्दै प्रश्न गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro