site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
याडियाको इपोक इलेक्ट्रिक स्कुटर सार्वजनिक : मूल्य दुई लाख ३५ हजार, १५० किमि रेन्ज

काठमाडौं । याडियाको इपोक विद्युतीय स्कुटर नेपालमा सार्वजनिक भएको छ । याडियाको आधिकारीक बिक्रेता कुजु नेपालले याडिया इपोक स्कुटर सार्वजनिक गरेको हो ।

दुई लाख ३५ हजार रुपैयाँ पर्ने स्कुटरको रेन्ज १५० किलोमिटर रहेको छ । स्कुटरमा रहेको ३००० वाटको ह्वील हब मोटरले ६० किमि प्रतिघण्टाको गति दिन्छ।

Dabur Nepal

१५० एनएम टर्क रहेको स्कुटर १६ डिग्रीसम्मको ढलान चढ्न सक्ने कम्पनीको भनाइ छ ।

स्कुटर १२ डिग्रीको उकालोमा ३० मिनेटसम्म लगातार चलाउन सकिने कम्पनीले जनाएको छ । स्कुटरमा ७२ भोल्ट, ३८ एम्पियरआवरको ग्रेफिन ब्याट्री छ ।

स्कुटरमा ३८० मिलिमिटर पेडल स्पेस, ६३० मिलिमिटरको सिट र ३० लिटरको स्टोरेज बक्स छ । स्कुटरको ग्राउन्ड क्लियरेन्स १७० मिलिमिटर  छ ।

कम्पनीले ब्याट्री र मोटरमा दुई वर्ष वा २०,००० किलोमिटरसम्मको वारेन्टी दिएको छ ।

याडियाले लगातार सात वर्षसम्म विश्वकै नम्बर १ इलेक्ट्रिक स्कुटर ब्रान्डको उपाधि पाएको कम्पनीको भनाइ छ । एकसयभन्दा बढी देशमा १० करोडभन्दा बढी युनिट बिक्री गरिसकेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro