साहित्य
काठमाडौं । सामाजिक संस्था सिम्पल आट्र्सले २०८१ का लागि सिम्पल सम्मानको घोषणा गरेको छ । संस्थाले हरेक वर्ष साहित्य, कला संगीत र सामाजिक क्षेत्रका प्रतिभाहरूलाई सम्मान प्रदान गर्दै आएको छ ।
संस्थाले २७औँ सिम्पल सम्मान शिक्षासेवी शारदा ढुंगेल, कलाकार मदनदास श्रेष्ठ, गायिका लोचन भट्टराई, साहित्यकार छविरमण सिलवाल, समाजसेवी ज्ञानेन्द्र भट्टराई र नवकलाकार अञ्जली महर्जनलाई प्रदान गर्ने जनाएको छ ।
उपन्यासकार शंकर भारतीको संयोजकत्वमा गठित प्रतिभा चयन समितिले सिफारिस गरेको नामहरू संस्थाका अध्यक्ष पुष्कर जंगमको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पारित गरेको छ ।
हालसम्म यो सम्मानबाट १३० जना बढी प्रतिभाहरू सम्मानित भइसकेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१ २२:५४
प्रतिक्रिया दिनुहोस्