खेल
काठमाडौं । त्रिदेशीय महिला क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाली टिमले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर नेपाली टिमकी कप्तान इन्दु बर्माले फिल्डिङको निर्णय गर्दै डच टिमलाई ब्याटिङमा निम्त्याएकी हुन् ।
जारीदेखि सुरु भएको प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससँगै थाइल्यान्डको सहभागिता छ । प्रतियोगिताका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका निम्ति दर्शकहरुलाई नि:शुल्क प्रवेश गराउने जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१ १२:१३
प्रतिक्रिया दिनुहोस्