site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संकटाले जित्यो सभापति कप फुटबलको उपाधि

काठमाडौं । टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेश (वाग्मती)लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिता जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । योसँगै खेल टाइब्रेकरमा पुगेको हो ।

टाइब्रेकरमा संकटाले ४–३ ले बाजी मार्‍यो । उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पार्‍यो । वाग्मतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो । संकटाका राम थापा र रोशन पहारीको प्रहार विकेश कुथुले रोके । तर, लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे ।

वाग्मतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके । कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीप कार्कीले रोके । रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro