site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपाधिका लागि काठमाडौं र जनकपुर भिड्ने

काठमाडौं । नेपाल कबड्डी लिगको उपाधिका लागि काठमाडौं माभरिक्स र जनकपुर नाइट्स भिड्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा बुधबार भएको दोस्रो क्वालिफायरमा विराटनगर ब्यान्डिट्समाथि ४८–२६ को जित हासिल गर्दै काठमाडौं माभरिक्स नेपाल कबड्डी लिगको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंले अब शुक्रबार हुने उपाधिको खेलमा जनकपुर नाइट्सको सामना गर्नेछ । पहिलो क्वालिफायरमा विराटनगरलाई ३४–३२ ले हराउँदै जनकपुरले पहिले नै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो ।

धनगढी वाइल्डक्याट्समाथि ५०–४५ को कठिन जित हासिल गर्दै काठमाडौंले दोस्रो क्वालिफायरमा आफ्नो स्थान बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  २३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro