site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रश्मी सबैभन्दा धेरै गोल गर्ने खेलाडी, सविता सर्वोत्कृष्ट

काठमाडौं । राष्ट्रिय महिला लिग–२०२४ मा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफकी फरवार्ड रश्मीकुमारी घिसिङ सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेकी छन् ।

एपीएफलाई अपराजित रहँदै च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी रश्मीले प्रतियोगिताभर ३५ गोल गरिन् । उच्च गोलकर्ता बनेसँगै रश्मीले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट ५० हजार रुपैयाँ पुरस्कार पाएकी छन् ।

यस्तै, एपीएफकै विंगर सविता रानामगरले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनले एन्फबाट एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन् । यसैगरी एपीएफकी गोलकिपर सावित्री किसन प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भइन् ।

प्रतियोगितामा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले ‘फेयर प्ले’ अवार्ड पायो । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबविरुद्ध ४–० को जित निकाल्दै एपीएफले उपाधि रक्षा गरेको हो । एपीएफले दुई वर्षअघि भएको प्रतियोगिताको पछिल्लो संस्करणको पनि उपाधि जितेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro