site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देश विकासका लागि अनुकूल वातावरण निर्माण आवश्यक : अध्यक्ष ढकाल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देश विकासका लागि नवीन सोचको सम्मान र सोही अनुरुपको वातावरण निर्माण आवश्यक भएको बताएका छन् ।

नेपाली कांग्रेस उद्यमशीलता तथा साना मझौला व्यवसायी विकास विभागले काठमाडौंमा आयोजना गरेको दुई दिने 'नेपालमा स्टार्टअप र साना तथा मझौला सम्मलेन'मा आफ्नो धारणा राख्दै यस्तो बताएका छन् । अध्यक्ष ढकालले अहिलेको विश्व नवप्रतर्वनमुखी सोचबाट अघि बढिरहेको सन्दर्भमा देशको आर्थिक उन्नतिका लागि उद्यमशीलता प्रवर्द्धन, लघुघरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास र नवप्रतर्वनमुखी कार्यक्रममा केन्द्रित हुनुपर्ने बताए ।

नेपालमा सम्भावना नै सम्भावना रहेकोले यहाँ सम्भावना छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष ढकालले सरकारले नीतिगत सुधारका लागि काम गरे निजी क्षेत्र लगानीका लागि तयार रहेको र अहिले अनुकूल वातावरण निर्माण हुँदै आएको समेत बताए । नवप्रवर्तनशील सोच र जोश भएका युवाहरूमा उद्यमशीलताको विकासका लागि सरकार निजी क्षेत्र मिलेर वातावरण निर्माण गरिदिनुपर्ने समेत उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायको प्रवर्द्धनका लागि स्टार्टअप एन्ड इन्नोभेसन समिति र फोरमहरू स्थापना गर्नुका साथै उनीहरूमार्फत विभिन्न कामहरू गरिरहेको र स्टार्टअपको माध्यमबाट धेरै युवाहरू व्यवसायमा आएको ढकालले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro