site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुलिसलाई हराउँदै एपीएफले फेरि जित्यो राष्ट्रिय महिला लिगको उपाधि

काठमाडौं । फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ४–० गोल अन्तरले जित निकाल्दै अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले राष्ट्रिय महिला लिगको उपाधि जितेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफलाई जित दिलाउन सविता रानामगरले दुई र सरु लिम्बूले एक गोल गरिन् ।

तिनै गोल दोस्रो हाफमा भएको हो । खेलको ६४ औँ मिनेटमा सविताले गोल गर्दै एपीएफलाई अग्रतामा राखेकी थिइन् । त्यसको पाँच मिनेटपछि नै सरुले एपीएफको अग्रता दोब्बर बनाइन् । त्यस्तै, खेलको निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा सविताले दोस्रो गोल गर्दै एपीएफलाई ३–० को अग्रतामा राखिन् ।

खेलको इन्जुरी समयमा अनु लामाले गोल गरेपछि एपीएफले अग्रतालाई ४–० मा पुर्‍याएको थियो । अनु खेलको ५०औँ मिनेटमा मैदान प्रवेश गरेकी थिइन् । घरेलु फुटबलमा अनुको यो अन्तिम खेल समेत हो । यस खेलसँगै उनले व्यावसायिक फुटबलबाट समेत सन्यास लिएकी छन् ।

यसअघि एपीएफले दुई वर्षअघि भएको प्रतियोगिताको पछिल्लो संस्करणको पनि उपाधि जितेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro