site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री कप क्रिकेटका निम्ति काठमाडौंको जिल्ला छनोट बुधबारदेखि

काठमाडौं । जिल्ला क्रिकेट संघ काठमाडौंले नेपाल क्रिकेट संघको वार्षिक खेल तालिकाअनुसार प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ ।

यही माघ १६ देखि २७ सम्म हुने प्रतियोगिता काठमाडौंको मूलपानीस्थित माथिल्लो क्रिकेट खेल मैदानमा सञ्चालन हुने काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले जनाए । काठमाडौं जिल्ला छनोट देशभरीकै सबैभन्दा ठूलो छनोट प्रतियोगिता हुने आयोजकको विश्वास छ ।

प्रतियोगिमा १४ वटा क्लब र एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सहभागी टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ । समूह विभाजनअनुसार दुई समूहमा चार–चार टोली र बाँकी दुई समूहमा तीन–तीन टोली छन् । प्रतियोगिताको समूह ‘ए’ महावीर स्टडीज एन्ड एथ्लेटिक्स सेन्टर, ओएसिस क्रिकेट एकेडेमी, थर्ड आई युथ क्लब, पुष्पलाल स्पोट्र्स क्लब छन् ।

समूह ‘बी’मा ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी (ए), एन्जल्स स्पोट्र्स एकेडेमी, बालुवाटार क्रिकेट क्लब छन् । यस्तै, समूह ‘सी’मा क्रिकेट एक्सीलेन्स सेन्टर, हिमालयन क्रिकेट एकेडेमी (बी), वान डे क्रिकेट एकेडेमी छन् । यसैगरी समूह ‘डी’मा न्यु भिजन क्लब, नेक्सेस क्रिकेट एकेडेमी, फरएभर क्रिकेट ब्वाइज क्लब छन् ।

प्रतियोगितामा ‘म्यान अफ दि म्याच’लाई एक हजार, उत्कृष्ट बलर र ब्याटरलाई समान पाँच हजार, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार र उदीयमान खेलाडीलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष घलेले बताए ।

प्रतियोगिताका मुख्य प्रायोजक कृषि विकास बैंक छ । यस्तै, अन्य प्रायोजकहरूमा कागेश्वरी मनोहरा नगरपालिका, सक्कल एग्रो फर्म, फ्रान्कलिन एजुकेशन कन्सल्टेन्सी, गोकर्णेश्वर नगरपालिका, नेवा बेभरेज प्रा.लि., एभरेस्ट बैंक लि., आविष्कार ज्वेलर्स, शुशील कोइराला फाउन्डेसन, नेप्लाई, नेक्सस एजुकेशन कन्सल्टेन्सी, श्रेष्ठ टेलरिङ, इको प्यानल र आइसीएफसी फाइनान्स छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro