site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘माओवादी प्रमुख सचेतकले भ्रम फैलाए’
श्यामकुमार घिमिरे । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अतिरञ्जित तवरले भ्रम फैलाएको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको स्पष्ट पारे ।

माओवादीका प्रमुख सचेतक पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा घिमिरेले अध्यादेशबाटै सरकार चलाउने भनेको आरोप लगाएका थिए । त्यो विषयको खण्डन गर्दै उनले आफूले बैठकमा संसद्‌मा पेस गरिएका विधेयकलाई कानुनी रूप दिन ढिलाइ भइरहेको बताएको सुनाए । सोही कारण सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटोछरितो रूपमा टुंग्याउनुपर्ने विषय राख्दा अतिरञ्जना गरिएको उनले जिकिर गरे ।

“...कानुन बनाउने प्रक्रियाको ढिलाइले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गर्‍यो, हामीले कानुन बनाउने प्रक्रियालाई गति दिनुपर्‍यो– यो मैले भनेको कुरालाई उहाँ (हितराज पाण्डे)ले अतिरञ्जित गरेर अब अध्यादेशले नै मुलुक चलाइन्छ भन्यो भनेर उहाँले बोल्नुभयो,” उनले भने ।

कुनै पनि विधेयक संसद्‌मा पेस गरिएको कति दिनभित्रमा कानुनको आकार ग्रहण गर्ने भन्ने निश्चितता र समयसीमा हुनुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro