site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोसी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडक ‘ब्रेक थ्रु’
Dabur Nepal
NIC Asia

काठमाडौं । भारतको जोगवनीदेखि संखुवासभाको किमाथांका हुँदै चीन जोड्ने कोसी राजमार्गअन्तर्गतको संखुवासभाको खाँदबारीदेखि किमाथांकासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ ।

संखुवासभाको जिल्ला सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथांकासम्म पर्ने १५८ किलोमिटर सडकको ट्रयाक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको सोमबार ‘ब्रेक थ्रु’ गरिएको हो । खाँदबारी–किमाथांका सडकअन्तर्गत च्याम्ताङदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्रयाक खुलाएसँगै सोमबार संघीय सरकारका तीन मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो ।

उक्त सडकको ब्रेक थ्रुमा भोटखोला गाउँपालिका–१, च्याम्ताङमा संखुवासभाका प्रतिनिधिसभा सदस्य एवं उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल थिए । उक्त सडकको ‘ब्रेक थ्रु’ सँगै भारतदेखि चीनसम्मको कोसी राजमार्गको ट्रयाक खोल्ने कार्य सम्पन्न छ । ब्रेक थ्रुसँगै सडकको स्तरोन्नति र चौडा बनाउने काम हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro