site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिपसिकले अमेरिकामा राष्ट्रिय सुरक्षाको चिन्ता, प्रयोगकर्ताको डेटालाई लिएर युरोपको प्रश्न

काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी डिपसिक राष्ट्रिय सुरक्षा चिन्ताको विषय हुन सक्ने विषय अमेरिकामा उठेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार डिपसिकको विकास अमेरिकाका लागि वेकअप कल भएको टिप्पणी गरेका छन् ।

अमेरिकाको रिपब्लिकन पार्टीका सांसद एवं चिनियाँ कम्युनिस्ट पार्टीसम्बन्धी समितिका सभापति जोन मुलेनार डिपसिक राष्ट्रिय सुरक्षा चिन्ताको विषय बनेको बताएका हुन् ।

उनले मंगलबार एक विज्ञप्तिमा भनेका छन्, “अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीले बनाएका डिपसिकजस्ता एआई मोडेलहरूलाई राष्ट्रिय सुरक्षा जोखिममा पार्न र उनीहरूको एआई महत्त्वाकांक्षा पूरा गर्न हाम्रो प्रविधिको फाइदा लिन दिन्न ।”

डिपसिकजस्ता प्रविधिको विकासका लागि आवश्यक पूर्वाधारको बिक्रीलाई अझै कडा बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

यसबीच युरोपेली उपभोक्ता समूहरूको संगठन युरोकन्जुमरले डिपसिकलाई प्रयोगकर्ताको विवरण कसरी सम्हालेको छ भनेर प्रश्न गर्दै पत्राचार गरेको छ ।

युरोकन्जुमरले इटालियन डाटा संरक्षण प्राधिकरणसँगको सम्बन्धमा डिपसिकलाई यस्तो प्रश्न गरेको हो ।

इटालीका करोडौँ नागरिक वा प्रयोगकर्ताको डेटा जोखिममा हुन सक्ने भन्दै प्राधिकरणले २० दिनभित्र जवाफ दिन भन्दै पत्राचार गरेको हो ।

डिपसिकको डाटा नीतिबारे धेरै जानकारी आएको छैन । कम्पनीले आफ्नो एआई १८ वर्ष मुनिकाहरूका लागि प्रोत्साहन नगरिएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro