site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जेनेभामा गृहसचिवको सम्बोधन, विपद् सामना गर्न विश्वव्यापी सहकार्यमा जोड

काठमाडौं । नेपाल सरकारका गृहसचिव गोकर्णमणि दुवाडीले स्विट्जरल्यान्डको जेनेभामा जारी विपद् जोखिम न्यूनीकरणको लागि विश्वव्यापी प्लेटफर्ममा सम्बोधन गरेका छन् ।  

जुन २ देखि जुन ६ सम्म जारी सम्मेलनमा दुवाडीले जलवायु परिवर्तन तथा प्रकोप न्यूनीकरणका निम्ति वित्तीय प्रवाह बढाउने विषयको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका हुन् । 

Argakhachi Cement Island Ad

त्यसक्रममा सचिव दुवाडीले विपद् जोखिमको पूर्वतयारी र त्यसको कार्यान्वयनको निम्ति नेपालको स्थितिको बारेमा जानकारी गराए । यसका निम्ति विश्वव्यापी समन्वयको जरुरी रहेकोमा उनले जोड दिए । 

त्यसअवसरमा उनले नेपालमा विभिन्न प्राकृतिक जोखिम रहेको उल्लेख गर्दै यसको पूर्वतयारी र समाधानका निम्ति नेपाल सकारले उच्च प्राथमिकताका साथ आफ्नो प्रयास र कार्यलाई निरन्तरता दिएको बताए ।
 
सम्मेलनमा विश्वभरका विपद् व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणका विविध विषयमा छलफल तथा सम्बन्धित मुलुकको असल अभ्यास प्रस्तुत गरिएका थिए । विश्वमा विपद् व्यवस्थापनको लागि चलेका असल अभ्यास र एकअर्कामा गर्नुपर्ने सहयोगका विषयमा समेत यस प्रकारका सम्मेलन फलदायी हुने आशा गरिएको छ ।

यसअघि सम्मेलनलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तरनिकाय समन्वय तथा विश्वव्यापी सहकार्यको आह्वान गरे । विपद् स्वयंसेवक तथा विपद् सूचकमार्फत विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्तिका साथसाथै व्यवस्थापनमा सहकार्य र सहजता आउने उनले बताएका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्