site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् अब त खुल्नुपर्ने हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक छिटै सञ्चालन हुने बताएका छन् । बिहीबार (जेठ २२) जनकपुरधाममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गरिरहेका छन् । उनले भने, “अब त खुल्नुपर्ने हो ! अब खुल्छ । किन राजीनामा दिने भन्या ?”

Argakhachi Cement Island Ad

सभापति देउवाले कांग्रेस र नेकपा (एमाले)बीचको गठबन्धन राम्रोसँग अघि बढिरहेको बताए । बजेटबाट सबैलाई खुसी बनाउन नसकिने भन्दै उनले आलोचना हुनु सामान्य रहेको उल्लेख गरे ।

“कांग्रेस र एमालेको गठबन्धन भएको तपाईंहरूलाई थाहै छ । यो राम्रोसँग चलिरहेको छ,” उनले भने, “बजेटबाट कोही खुसी हुँदैनन् । आलोचना त भइरहन्छ, के भयो र ? कतिपय कुराहरूमा असहमति होला, तर भए पनि आखिर बजेट आएको छ ।” 

वर्तमान सरकार ०८४ सालसम्म राम्रोसँग सञ्चालन हुने उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्