site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यसवर्ष ५१ लाख ५० हजार टन धान उत्पादन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०७४/०७५ मा ५१ लाख ५० हजार टन धानको उत्पादन भएको प्रारम्भिक तथ्याङ आएको छ । धानको रोपाईको सिजनमा तराईमा गएको बाढी पहिरो लगायतको कारणले यो वर्ष धानको उत्पादनमा कमी आएको हो ।

प्रारम्भिक तथ्यांकलाई आधार मान्दा गतवर्र्षभन्दा यो वर्ष धानको उत्पादनमा ८० हजार टन गिरावट आएको छ । गएको आर्थिक वर्ष २०७३÷०७४ मा ५२ लाख ३० हजार टन धानको उत्पादन भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयका वरिष्ठ सुचना अधिकारी तथा वरिष्ठ कृषि विज्ञ मणिरत्न अर्यालले यो वर्ष ५१ लाख ५० हजार टन धान उत्पादन भएको प्रारम्भिक तथ्याङक आएको जानकारी दिए ।

“यो प्रारम्भिक तथ्यांक हो,” उनले भने “भेरिफिकेशन हुन बाँकी नै छ ।” उनका अनुसार अहिले मन्त्रालयको प्राविधिक समितिमा पेश भएको छ । तथ्यांकमा केही थपघट हुनसक्छ ।

Global Ime bank

मन्त्रालयका अनुसार धानको उत्पादन मुलुकको जीडीपीमा ४÷५ प्रतिशत हिस्सा रहेको छ । गएको वर्ष मात्रै १ खर्ब ४ अर्ब रुपैयाँको धान उत्पादन भएको थियो ।

कृषि विज्ञहरुले यो वर्ष धान उत्पादन घटेकोले मुलुकको जिडीपी तथा आर्थिक बृद्धिदरमा प्रभाव पर्ने बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC