site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
औद्योगिक प्रतिष्ठानमा केही घण्टा लोडसेडिङ हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक प्रतिष्ठानमा केहि घण्टा विद्युत् कटौती गर्ने तयारी गरेको छ । सुख्खा सिजन (पुसदेखि चैतसम्म) विद्युत्को बढी माग हुने र मागअनुसार उपलब्ध गराउन नसकिने भएकाले केही घण्टा औद्योगिक प्रतिष्ठानमा विद्युत् कटौती गर्नुपर्ने अवस्था रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले ग्राहकलाई लोडसेडिङ हुन नदिन ठूला उद्योगमा करिब ३ घण्टा विद्युत् कटौती गर्ने तयारी गरिरहेको जानकारी दिए । “प्राधिकरण लोडसेडिङ घटाउन लागिपरेको छ,” उनले भने, “यद्यपि अहिलेसम्म स्वदेशी जलविद्युत्बाट मुलुक आत्मनिर्भर भने हुन सकेको छैन ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार सुख्खा याममा मुलुकमा करिब १३ सय ८० मेगावाट विद्युत् आवश्यकता छ । तर, मुलुकका जलविद्युत् आयोजनाबाट जलप्रवाह घट्दै जाने भएकाले उत्पादन घट्दै जान्छ । 

“प्राधिकरणसँग ४२० मेगावट विद्युत् उपलब्ध छ,” उनले थपे, “निजी क्षेत्रले १६० मेगावाट उत्पादन गर्छ ।” अहिले भारतबाट ३९२ मेगावाट विद्युत् आयात भइरहेको छ । त्यसलाई बढाएर ४७० मेगावाटसम्म पुर्याउने पहल भइरहेको प्राधिकरणले जनाएको छ । 

Global Ime bank

सुख्खा समयमा बढी मात्रामा बेलुका ६ देखि ९ बजेसम्म र बिहान ६ देखि ९ बजेसम्म विद्युत् खपत हुने गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ६, २०७४  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC