site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
४८ वर्षे इतिहासमा ग्यास उद्योगको पहिलो आगलागी
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुधबार वीरगन्जस्थित सुपर ग्यास उद्योगमा लागेको आगो ४८ वर्षको इतिहासमा पहिलो रहेको ग्यास उद्योग संघले जनाएको छ । घटनाको छानबिन गर्न संघले  संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरेको छ । 

समितिले पाँच दिनभित्र घटनाको सत्यतथ्य प्रतिवेदन प्रस्तुत गर्ने संघको भनाइ छ । समितिका सदस्यमा कुशप्रसाद मल्ली, विजयहरी शर्मा, मनोज कुमार दास र राज कुमार सिन्धी रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

संघका अध्यक्ष गोकुल भण्डारीले ४८ वर्षको इतिहासमा पहिलो पटक ग्यास उद्योगमा आगलागी भएको बताए । उनका अनुसार बुलेटबाट ग्यास अनलोड गर्ने क्रममा स्पार्क (आगोको झिल्का) निस्किएर आगलागी भएको प्रारम्भिक जानकारी आएको छ । “आगलागी हुँदैगर्दा उद्योगमा चारवटा ग्यास बुलेट थिए । ती बुलेट र स्टोरेज ट्यांक सुरक्षित छन्,” उनले भने । 

संघले नेपालमा चल्ने अधिकांश ग्यास ट्यांकर पुराना भएकाले आगलागी भएको दाबी गरेको छ । संघका अनुसार नेपालको आफ्नै ट्यांकर छैन । नेपालमा चल्ने सबै भारतीय ट्यांकर हुन् र ती बिसौं वर्ष पुराना छन् । भारतीय मापदण्डअनुसार त्यहाँ चलाउन नपाइने भएकाले ती ट्यांकर नेपालमा चलाइएका हुन् । 

Global Ime bank

आगलागीमा २ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उद्योगभित्र कति कामदार थिए भन्ने यकिन हुन सकेको छैन । आगो बिहान ६ बजेदेखि सल्केको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ५, २०७४  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC