site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालमा सार्वजनिक भयो गोगोरो क्रसओभर जीएक्स२५०, चार्ज सकिँदा ब्याट्री नै साट्न मिल्ने
Sarbottam CementSarbottam Cement

काठमाडैं। नेपालमा गोगोरो क्रसओभर जीएक्स२५० स्मार्ट स्कुटर सार्वजनिक भएको छ । गोगोरो ताइवान आधारित ब्याट्री स्वापिङ इकोसिस्टम भएको कम्पनी हो ।

गोगोरो आईएनसी र नेबुला इनर्जीले नेपालमा गोगोरो ब्याट्री स्वापिङ इकोसिस्टमसँगै क्रसओभर जीएक्स२५० स्मार्ट स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले  पहिलो ब्याट्री स्वापिङ स्टेसन काठमाडौंको लाजिम्पाटस्थित आनन्द भवनमा खोलेको छ । त्यहाँ आयोजित एक कार्यक्रममा गोगोरो आइएनसीको नेपालका लागि आधिकारिक वितरक नेबुला इनर्जीले यस्तो घोषणा गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी यांग चेनले गोगोरो ब्याट्री स्वापिङ सेवाको सुरुवात र अल्टिमेट स्कुटरको अनावरण गरेका थिए ।

gogoro-(2)-1714303297.jpg
 

Global Ime bank

कार्यक्रम नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले गोगोरोको नवीन प्रविधिमार्फत नेपालको शून्य उत्सर्जन लक्ष्यप्रति योगदान हुने बताए ।

गोगोरोका प्रतिनिधिले नेपालको दुई पाङ्ग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिनका लागि समान दृष्टिकोण भएको नेबुला इनर्जीसँग साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

गोगोरो स्मार्ट ब्याट्रीहरूमा केही सेकेन्डमै ‘स्वाप एन्ड गो’को सुविधाजनक एक्सेस प्रदान गर्न गोगोरो ब्याट्री स्वापिङ अप्टिमाइज गरिएको कम्पनीको भनाइ छ।

गोगोरोको नयाँ क्रसओभर समार्ट स्कुटर जीएक्स२५०मा राइडरहरूका लागि फराकिलो सिट र स्टोरेज स्पेस तथा राम्रो ग्राउन्ड क्लियरेन्सका रहेको छ ।

नेबुला इनर्जीले सुरुमा रणनीतिक बी२बी साझेदारलाई ब्याट्री स्वापिङ सेवा प्रदान गर्ने भएको छ ।

पछि हरेक २–३ किलोमिटरमा एउटा स्टेसन उपलब्ध हुने गरी काठमाडौं उपत्यका वरपर गोस्टेसन स्थापना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

नेबुला इनर्जीले यसै वर्षको दसैँ रिटेल र कर्पोरेट ग्राहकका लागि गोगोरो स्मार्ट स्कुटरका नयाँ मोडेल पनि उपलब्ध गराउने भनेको छ।

नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्याभन्दा धेरै गोगोरो गो स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक साहायु गोयलले ब्याट्री स्वापिङले विद्युतीय टू ह्विलर किन्ने निर्णय गर्दा उपभोक्ताले सामना गर्ने प्रमुख चुनौतीलाई सम्बोधन गर्दै समाधान उपलब्ध गराएको बताएका छन् ।

कस्तो छ गोगोरो क्रसओभर स्मार्ट स्कुटर ?

नेबुला इनर्जीको गोगोरो क्रसओभर अल्टिमेट दुई पाङ्ग्रे एसयूभी जीएक्स२५० स्मार्ट स्कुटर भारतको महाराष्ट्रमा निर्मित पहिलो स्मार्ट स्कुटर हो ।

अल टेरेन फ्रेममा बनाइएकाले यसले विभिन्न स्टोरेज, राइडिङ र कस्टमाइजेसन क्षमताहरू प्रदान गर्दा अझै बलियो र सहजता प्रदान गर्ने कम्पनीको दाबी छ ।

के हो गोगोरो ब्याट्री–स्वापिङ टेक्नोलोजी ?

गोगोरो ब्याट्री स्वापिङ इकोसिस्टम भनेको आफ्नो सवारीमा चार्ज सकिँदा चार्ज गर्नुको साटो ब्याट्री नै फेर्न मिल्ने सुविधा हो ।

चार्ज सकिन लाग्दा नजिकको ब्याट्री स्टेसनमा गएर सवारीधनीले आफ्नो ब्याट्री त्यहाँ राखेर त्यहाँबाट चार्ज भएको ब्याट्री सवारीमा राख्न सक्छन् । प्रयोगकर्ताले फुल चार्ज भएको ब्याट्रीलाई द्रूतरूपमा प्रतिस्थापन गर्न सक्छ ।

ताइवानमा गोगोरो नेटवर्कले ६ लाखभन्दा बढी राइडरलाई सेवा दिएको जनाएको छ ।

 त्यहाँ २५०० स्थानमा १२ हजार ब्याट्री स्वापिङ स्टेसन रहेको र चौध लाखभन्दा बढी स्मार्ट ब्याट्री सर्कुलेसनमा रहेको कम्पनीको दाबी छ ।

gogoro-(1)-1714303329.jpg
 

हाल गोगोरोसँग ताइवानमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको ९० प्रतिशतभन्दा बढी बजार हिस्सा छ ।

कम्पनीले त्यहाँ पेट्रोल स्टेसनभन्दा बढी गो स्टेसन रहेको बताएको छ ।

दैनिक चार लाखभन्दा बढी ब्याट्री स्वाप हुने गरेको र ५७ करोडभन्दा बढी कुल ब्याट्री पटक ब्याट्री स्वापिङ भएको बताइएको छ ।

गोगोरोको सवारी खरिद गर्दा किफायती हुने र पेट्रोलियम इन्धनभन्दा छिटो ६ सेकेन्डमै ब्याट्री फेरेर रिफ्युल गर्न सकिने कम्पनीको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय