site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रविविरुद्धको मुद्दामा रूपन्देहीमा सकियो बहस, आजै थुनछेक आदेश 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहस सकिएको छ । 

रास्वपा सभापति लामिछानेको मुद्दामा प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाले जवाफी बहस पनि सकेका छन् । रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा सुनुवाइ भएको हो । 

अदालत स्रोतका अनुसार न्यायाधीश योगी थुनछेक आदेशको गृहकार्यमा जुटिसकेका छन् र आजै आदेश आउनेछ । न्यायाधीश योगीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गने भन्ने आदेश गर्नेछ । 

लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख र स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro