site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप : एपीएफले वाग्मतीलाई १० विकेटले हरायो

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा अपराजित एपीएफले सुपर–४ मा सहज जित निकालेको छ । विभागीय टोली एपीएफले बिहीबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा वाग्मती प्रदेशविरुद्ध १० विकेटको जित निकालेको हो । 

खेलमा वाग्मतीले प्रस्तुत गरेको ४३ रनको सामान्य लक्ष्य एपीएफले ६.५ ओभरमा विकेट नगुमाई पूरा गर्‍यो । 

Dabur Nepal
NIC Asia

एपीएफको जितमा ओपनरद्वय मम्ता चौधरी र राजमती ऐरीले क्रमशः २३ र १४ रन बनाइन् । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको वाग्मतीले निर्धारित १८ ओभरमा आठ विकेट गुमाएर ४२ रनको योगफल खडा गरेको थियो । प्रतिकूल मौसमका कारण खेल निर्धारित समयमा सुरु हुन नसक्दा ओभर घटाइएको थियो ।

एपीएफविरुद्ध वाग्मतीका कुनै पनि ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । वाग्मतीकी सविका यादव र यसु पाण्डेले समान सर्वाधिक आठ रन बनाइन् । 

वाग्मतीविरुद्ध एपीएफकी सुमन विष्टले तीन विकेट लिइन् । तीन ओभर बलिङ गरेकी सुमनले एक मेडन राख्दै ६ रनमात्र खर्चिइन् । यसबाहेक, विनु बुढा र रेखा रावलले समान दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा एपीएफ समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सुपर–४ मा आएको हो । यस्तै, वाग्मती भने समूह ‘बी’को दोस्रो स्थानमा रहँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro