site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले–कांग्रेसबाहेकका दलहरू सडकमा आउने सम्भावना : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देशमा दुईदलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारका पछिल्ला केही निर्णयहरूले दुईदलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महशुस गरेको उल्लेख गरे ।

उनले मधेसवादी दलहरू अब एकत्रित हुने ठूलो सम्भावना रहेको पनि बताए । दुईवटा विपरीत धारका दलहरू मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा बिरलै हुने उनको भनाइ थियो । एमाले–कांग्रेसबाहेक अरु सबै दलहरू मिलेर सडकमा आउने सम्भावना रहेको उनले बताए ।

"मधेसवादी दलहरु एकत्रित हुने ठूलो सम्भवाना छ । किनभने दुईवटा ठूला दल आपसमा मिलेर सरकार बनाएका छन् । जुनकुरा लोकतान्त्रिक देशमा बिरलै हुने कुरा हो । दुईवटा विपरीत धारका दलहरू मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा हुँदैन । जुन किसिमको ऐनहरू अहिले संशोधन गर्न लागेका छन्, यसले के स्पष्ट हुन्छ भने यहाँ दुईदलीय व्यवस्था लाद्ने षड्यन्त्र हुँदैछ । मधेसकेन्द्रित दलहरू मात्रै होइन, ती दुई दलहरूबाहेक अरु सबै दलहरू मिलेर सडकमा आउने सम्भावना प्रवल देखेको छु," उनले भने ।

अध्यक्ष राउतले व्यवस्थामाथि नै खतरा आउने चिन्ता लागेको स्पष्ट पारे ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro