site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियाका म्याट रोस नेपाली पुरुष फुटबल टिमको प्रशिक्षक बन्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोसलाई अनुबन्ध गर्ने अन्तिम तयारी गरेको छ । यसअघिका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेससँगको सम्झौता नवीकरण नगर्ने निर्णयमा एन्फा पुगेपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन बनेको थियो ।

एनेस सन् २०७९ को फागुनमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनले यसै वर्षको सुरुआतमा नेपाली टिमको जिम्मेवारी छोडेका थिए ।

Dabur Nepal
NIC Asia

एन्फाका प्रवक्ता सुरेश साहले म्याट हाल नेपाल नै रहेको र सबै मिले प्रशिक्षण जिम्मेवारी सुम्पिने बताए । “४०० जनाको आवदेन आएको थियो । त्यसमध्ये पाँचजनालाई एन्फाले सर्टलिस्टेट गरेको थियो । त्यही पाँचजनामध्येबाट रोस हाल नेपाल आएका छन् । एन्फासँग कुरा मिलेसँगै उनी जिम्मेवारीमा आउने छन्,” प्रवक्ता साहले बाह्रखरीलाई भने ।

यूईएफए प्रो लाइसेन्सधारी रोसले पछिल्लो समय युनाइटेड अरब इमिरेट्स (यूएई)को सहायक प्रशिक्षण सम्हालेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro