site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभापति कप फुटबल : संकटा क्लब विजयी

काठमाडौं । राजधानीमा आजदेखि सुरु सभापति कप पुरुष फुटबल प्रतियोगितामा संकटा क्लबले विजयी सुरुआत गरेको छ । 
    
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा संकटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । संकटाको जितमा अबेक रिर्चडले दुई गोल गरे भने चन्दन दासले एक गोल गरे । 
    
खेलको २३औँ मिनेटमै रिचर्डले संकटालाई सुरुआती अग्रता दिलाए । त्यस्तै, खेलको ७०औँ मिनेटमा श्रीजन क्षेत्रीले चर्च ब्वाइजका कप्तान अनन्त तामाङलाई बिट गर्दै दिएको बललाई रिचर्डले नै जाली चुमाउँदै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७३औँ मिनेटमा चन्दन दासले गोल गरे । 

उक्त हारसँगै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भोलि दिउँसो ३ बजे मछिन्द्र क्लब र विभागीय टोली एपिएफ कल्बबीच प्रतिस्पर्धा हुनेछ । 

नकआउट चरणमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले २६ लाख तथा उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro