देश
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । बर्दिया बढैयाताल गाउँपालिका–२ स्थायी घर भएर काठमाडौं टोखा नगरपालिका–३ बस्ने विनौद पौडेल पक्राउ परेका हुन् ।
एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न बुधबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गर्न एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई कानुनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१ १३:२५
प्रतिक्रिया दिनुहोस्