site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वनको समस्या समाधान गर्न ऐन संशोधनको तयारी, मन्त्रालयद्वारा कार्यदल गठन

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन ऐन संशोधनको तयारी सुरु भइसकेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री ठकुरीले ऐन संशोधनको लागि कार्यदल गठन गरिएको बताएका हुन् । उनले विद्यमान कानुनमा देखिएका जटिलता र बाधाहरू फुकाउने गरी ऐन संशोधन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको बताए ।

Dabur Nepal
NIC Asia

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र वातावरण संरक्षण ऐन समेत संशोधनको तयारीमा रहेको उनको भनाइ छ । उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र वातावरण संरक्षण ऐन संशोधन गर्नको लागि समेत मन्त्रालयले गठन गरेका कार्यदलहरूले काम गरिरहेको जानकारी दिए । ऐन संशोधनका क्रममा सरोकारवाला सबैसँग छलफल गरेर हाल रहेका समस्या समाधान हुनेगरी ऐन संशोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, "हामी सरोकारवाला निकायहरू छुट्टै बसेर एउटा रणनीति बनाउनुपर्छ भन्ने लाग्छ । वन ऐन संशोधन गर्नेकुरा हाम्रो जिम्मामा छ । हामीले ऐन संशोधनका लागि एउटा टिम पनि बनाएका छौँ । वन मन्त्रालयका सहसचिवको नेतृत्वमा वन ऐन संशोधनको एउटा कार्यदल बनेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधनका लागि पनि अर्को सहसचिवको नेतृत्वमा कार्यदल बनाएका छौँ । वातावरण संरक्षण ऐन संशोधन गर्नको लागि समेत कार्यदल बनेको छ । संशोधनको खाका तयार पार्नको लागि हामीले टिम तयार पारिसकेका छौँ । उहाँहरूले सबै सरकारकारवाला निकायहरूसँग छलफल गर्नुुहुुनेछ । अहिलेसम्म वन तथा निकुञ्जहरूमा रहेका समस्या र बाधाहरू फुकाउने गरी ऐन संशोधन गर्ने प्रक्रियामा छौंँ ।"

उनँले सिंहदरबारलाई प्लास्टिकमुक्त बनाइसकेको समेत दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro