काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद जनार्दन शर्माले सरकारका अनियमितताका विषयमा प्रश्न उठाउने सार्वजनिक लेखा समितिलाई बन्धक बनाउन नहुने बताएका छन् । मंगलबार बसेको बैठकमा उनले लेखा समितिको सभापति पद प्रतिपक्षले पाउने अन्तर्राष्ट्रिय अभ्यास र संसदीय व्यवस्थाको मान्यता दुवै भएको भन्दै त्यसलाई पालना गर्न आग्रह गरे ।
“सार्वजनिक लेखा समितिले सरकारको लाचार छाया बन्ने हो कि सार्वभौम अधिकार प्रयोग गर्ने ? प्रश्न उठेको छ,” शर्माले भने, “सभापतिको परम्परा के थियो हेर्ने र सच्याउने हो ? मैले छाडेको हो ।”
उनले यो प्रतिपक्षको नेतृत्वमा नहुँदा समितिजस्तो नहुने टिप्पणी गरे । “लेखा समिति प्रतिपक्षले पाउने हो, बन्दी जस्तो नबनाऔँ,” सांसद शर्माले भने ।