site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकहरूको खराब कर्जा बढ्यो, एनपीए र प्रोभिजन छुट्याउनु पर्ने विज्ञको भनाइ

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा वाणिज्य बैंकहरूको खराब कर्जा बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक  वर्षमा खराब कर्जा ०.९४ प्रतिशत विन्दुले वृद्धि भएको हो ।

गत आर्थिका वर्षमा बैंकहरूको औसत खराब कर्जाको दर २.९१ प्रतिशत थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूको खराब कर्जा ३.८५ प्रतिशत कायम भएको छ । बैंकहरूले धितो बिक्री सहज रूपमा गर्न नसक्दा खराब कर्जा बढेको देखिएको पूर्व बैंकर भुवन दाहाल बताउँछन् । उनका अनुसार अर्थतन्त्रमा देखिएको प्रत्येक्ष प्रभाव बैंकिङ क्षेत्रको ऋण असुलीमा पनि देखिएको हो ।

Dabur Nepal
NIC Asia

“धितो बिक्री कम हुँदा पनि बैंकहरूको खराब कर्जा बढेको हो,” दाहालले भने, “तर, यो लामो समयसम्म रहदैन रिकोभर बैंकले गर्छन् । अर्थतन्त्रमा देखिएको शिथिलताले पनि प्रभाव पारेको हो ।”

यो अवधिमा खराब कर्जा सबैभन्दा बढी कुमारी बैंकको छ । यो बैंकको खराब कर्जा ६.९६ प्रतिशत छ । त्यस्तै सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको छ । यो बैंकको खराब कर्जा ०.६६ प्रतिशत छ ।

तर, राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा गत वर्षको पुसको तुलनामा २.०२ प्रतिशत विन्दुले बढेको छ ।

बैंकहरूको खराब कर्जा बढ्दै जाँदा प्रोभिजन पनि बढ्दै गएको छ । बैंकहरूले गर्ने प्रोभिजन र खराब कर्जालाई एउटै रूपमा हेर्न नहुँने पूर्व बैंकर अनलराज भट्टराई बताउँछन् । आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एक कार्यक्रम भट्टराईले राष्ट्र बैंकको नीतिका कारणले गर्दा पनि प्रोभिजन बढेको बताए । “एनपीए र प्रोभिजन भनेको फरक कुरा हो । यसलाई छुट्याउने छुट्टै कानुन चाहिन्छ, एउटै डालोमा हाल्न मिल्दैन,” उनले भने, “धितो राखेर ऋण प्रवाह गरेका बैंकहरूले पुनः सतप्रतिसत प्रोभिजन गर्नुपर्ने नियम गलत छ । यसलाई सच्याउनुपर्छ ।”

बैंकहरू पनि स्वनियमनमा बस्नुपर्ने र आफ्नो ऋणको वर्गीकरण आफैले इमान्दारिताका साथ गर्नुपर्ने भट्टराई बताउँछन् । 

Npl-bank-1737438985.png
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro