site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसईईमा धेरै विद्यार्थी फेल हुने गरी पढाउने शिक्षकको तलब बढाउन सकिँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयलाई गुठीमा लैजाने कुरा उचित नभएको बताएका छन् । मंगलबार काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्र खेलबाड गर्ने थलो नभएको जिकिर गरे । 

उनले एसईईमा धेरै संख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए ।  

प्रधानमन्त्री ओलीले आफैँ तिरेर उच्च शिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्नेमा जोड दिए ।

त्यस्तै, अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले मुलुकलाई पछाडि धकेल्न खोज्ने प्रयासलाई सफल हुन नदिइने बताए । मुलुक अँध्यारो युगबाट भर्खरै उज्ज्यालो युगमा प्रवेश गरिरहँदा फेरि पछाडि धकेल्न खोज्ने प्रयास भइरहेको भन्दै त्यसलाई सफल हुन नदिइने बताएका हुन् । 

उनले मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने धारणा राखे । सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको उनले स्पष्ट पारे । उनले जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro