site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मध्यपूर्वबारे अमेरिकी राष्ट्रपति ट्रम्पले के भने ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका राष्ट्रबारे आफ्नो धारणा राखेका छन् । राष्ट्रपतिको शपथ लिएपछिको पहिलो भाषणमा ट्रम्पले शान्ति ल्याउने र आफू मध्यपूर्वमा सबैलाई एकताबद्ध गर्ने नेता बन्ने बताए । 

उनले भाषणमा गाजामा हमासले बन्धक बनाएका तीन इजरायली बन्धकहरूको उल्लेख गरे । ती सबै बन्धक आइतबार परिवारसँग  फर्किएका छन् ।

“अमेरिकाले विश्वको सबैभन्दा ठूलो, सबैभन्दा शक्तिशाली र सम्मानित देशको रूपमा आफ्नो सही स्थान प्राप्त गर्नेछ,” ट्रम्पले भने, “हाम्रो देशले सम्पूर्ण विश्वलाई प्रेरित गर्नेछ र प्रशंसाको केन्द्र बन्नेछ ।” 

यसैबीच, ट्रम्पले पानामा नहरमा चीनलाई दोष दिएका छन् । उनले पानामा नहरलाई ‘एक मूर्खतापूर्ण उपहार’को रूपमा वर्णन गरे ।  

ट्रम्पले भने, “हामीले यो चीनलाई दिएका छैनौँ हामी यसलाई फिर्ता लिनेछौँ ।” 

सम्बोधनमा ट्रम्पले यसो भनेपछि उनका समर्थकहरूले ताली बजाउँदा बाइडेन र कमला ह्यारिस कुनै प्रतिक्रिया नदिई मौन बसेका थिए ।

गत महिना ट्रम्पले पनामालाई पनामा नहरको शुल्क घटाउन वा यसको नियन्त्रण अमेरिकालाई फिर्ता गर्न भनेका थिए ।

ट्रम्पले पनामा नहर चीनका लागि नभएको बताएका थिए । उनले यो नहर गलत देशका हातमा गएको बताए । तर, पनामाका राष्ट्रपतिले यस नहरमा चीनको प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रण नभएको बताएका थिए । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ०७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro