देश
तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आइतबार बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बसका सहचालक पोखरा उपमहानगरपालिका–२८ बस्ने २६ वर्षीय संजीव महरा रहेका छन् । बसको ढोकाबाट खसेर सख्त घाइते महराको दमौली अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
बा ४ ख ५८०१ नम्बरको बस बाग्लुङको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । बसका चालक चितवनको भरतपुर नगरपालिका–२४ बस्ने ३९ वर्षीय सानु कान्छा मुक्तान र बस इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेका छन् । रासस
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ २२:४७
प्रतिक्रिया दिनुहोस्