site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने एकजना पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसी छन् ।

टोखा नगरपालिका–३ बाट नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जनाइएको छ । कुटपिटमा संलग्न रही फरार रहेका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा शनिबार उनलाई नियन्त्रणमा लिइएको थियो ।

यसअघि प्रहरीले शुक्रबार त्रिपाठीमाथि आक्रमण गर्ने दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro