site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्धका रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारी निर्णयविरुद्धका रिट खारेज गरिदिएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले रिट खारेज गर्दै सरकारका नाममा निर्देशनात्मक आदेश दिने फैसला सुनाएको हो ।

सर्वोच्चले खारेज गरेसँगै अब सरकारलाई राष्ट्रिय परिचयपत्रसम्बन्धी निर्णय कार्यान्वयनमा लैजाने बाटो खुलेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिम कार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियाे ।

अधिवक्ताहरू रामबहादुर रावल, विमलप्रसाद पोखरेल तथा वरिष्ठ अधिवक्ता ध्रुवलाल प्रधानले रिट दायर गरेका थिए । अधिवक्ता रावलको रिटमा सर्वोच्चले भदौ ७ मा अन्तरिम आदेश जारी गरी सरकारको निर्णय कार्यान्वयनमा सर्तसहित रोक लगाएको थियो । राष्ट्रिय परिचयपत्र नागरिकको पहुँचमा पुर्‍याएपछि मात्र निर्णय कार्यान्वयन गर्ने सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सरकार ‘भ्याकेट’ (निर्णय सच्याउन माग गर्ने निवेदन)मा गएको थियो । सर्वोच्चले रिट खारेज गर्ने फैसला गरेकाले सरकारले गरेको भ्याकेट तथा कार्यान्वयनका जटिलताका विषयमा रिटमा उठाइएका प्रश्नमा निर्देशनात्मक आदेश भएको हुनसक्ने अनुमान भए पनि पूर्णपाठअघि त्यसको एकीन हुन सक्दैन ।

सर्वोच्चले केही विषयमा निर्देशानात्मक आदेश जारी गरेको र सबै रिट खारेज गरिदिएको अदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए । प्रवक्ता कुईंकेलका अनुसार फैसलाको पाठ भने केही दिनपछि सार्वजनिक हुनेछ । मन्त्रिपरिषद् बैठकले ०८१ जेठ २४ मा साउन १ बाट लागु हुनेगरी पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । यस्तै, दोस्रो चरणमा २०८१ माघ १ बाट थप ३८ जिल्लामा अनिवार्य गर्ने तयारी थियो । सरकारको निर्णयमा २०८२ साउन १ पछि ७७ वटै जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने निर्णय गरेको थियो ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro