site stats
बाह्रखरी :: Baahrakhari
देश
राप्तीमा घडियाल गोहीको गणना सुरु
फाइल तस्बिर ।

नेपालगञ्ज । बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु भएको छ ।

जिल्लाको कुसुम क्षेत्रबाट गोहीको गणना सुरु भएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले जानकारी दिए । दुई सातासम्म हुने गणनाका लागि निकुञ्जका केही कर्मचारीसहित दुईजना ‘सामुदायिक वैज्ञानिक’ परिचालन भएको पंगेनीले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राप्ती नदीको कुसुम, अगैया र शिवखोलासम्मको क्षेत्रमा घडियाल गोहीको बासस्थान भएको अनुमान छ । ती सबै क्षेत्रमा रहेका घडियाल गोहीको गणना हुने छ । गतवर्ष राप्ती नदीमा चितवनबाट ल्याइएका १४ वटा घडियाल गोही छाडिएको थियो । रासस

 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २३:१२
प्रतिक्रिया दिनुहोस्