site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेशसभा : बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव पारित

धनुषा । मधेस प्रदेशसभाको आइतबारको बैठकले बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव बहुमतबाट पारित गरेको छ ।

प्रदेशसभाको चौथो अधिवेशनको सातौँ बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव पारित गरेको हो । गत पुस २९ गते संकल्प प्रस्ताव दर्ता भएको थियो । सभामुख रामचन्द्र मण्डलबाट सैद्धान्तिक सहमतिपछि आज प्रदेशसभामा संकल्प प्रस्ताव पेस गरिएको थियो ।

Dabur Nepal
NIC Asia

सभामुख मण्डलले सभामा उपस्थित ५९ सदस्यमध्ये ४३ जनाले प्रस्तावको पक्षमा र १६ जनाले विपक्षमा मतदान गरेकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । सत्ता गठबन्धन दल लोसपाका प्रदेश सांसद रुपाकुमारी यादवले संकल्प प्रस्ताव पेस गरेकी थिइन् ।

प्रस्तावकको समर्थकमा नेकपा (एमाले)का तर्फबाट पल्टीदेवी महरा, कांग्रेसबाट अञ्जना पण्डित, जनमत पार्टीबाट हसिना खातुन, नेकपा (एकीकृत समाजवादी)बाट रत्नेश्वर गोइत र राप्रपाबाट कञ्चन विच्छा रहेका थिए । समर्थकमध्ये एकीकृत समाजवादी र राप्रपा प्रतिपक्षमा छन् ।

बजेट वक्तव्यको १४७ नम्बर बुँदा उपभोक्ता समितिबाट काम गराउन बाधक रहेको भन्दै सो बाधा फुकाउन संकल्प प्रस्ताव पेस गरिएको थियो । सो बुँदामा खुला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख गरिएको छ ।

प्रस्तावमा ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट र त्यसभन्दा माथिका योजना खुला प्रतिस्पर्धाबाट गर्ने उल्लेख गरिएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro