site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा प्रदूषण उच्च, शंखपार्कमा वायुको गुणस्तर सबैभन्दा खराब 

काठमाडौं । आइतबार काठमाडौंसहित देशका ६ वटा सहर अस्वस्थकर देखिएका छन् । वातावरण विभागका अनुसार मंगलबार बिहान ११ः३० बजे ती सहरमा वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’(एक्यूआई) १५० भन्दा माथि छ । 

सो समयमा काठमाडौंको शंखपार्कमा वायुको गुणस्तर सबैभन्दा खराब देखिएको छ । शंखपार्कको एक्यूआई १८० र पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १०५.९ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ । 

सोही समयमा रत्नपर्कको एक्यूआई १७३ तथा पीएम २.५ को मात्रा ९५.८ पुगेको छ । यस्तै, खुमलटारमा एक्यूआई १७२ तथा पीएम २.५ को मात्रा ९८.७ , चितवनको भरतपुरमा एक्यूआई १६० र पीएम २.५ को मात्रा ७६.७ पुगेको छ । 

दाङको देउखुरीमा एक्यूआई १५५ तथा पीएम २.५ बढेर ७४.१ पुगेको छ भने धनकुटाको एक्यूआई १५३ तथा पीएम २.५ को मात्रा ६४.६ पुगेको छ ।

यी सबै सहर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार ‘अस्वस्थकर’को सूचीमा परेका छन् । वायुको गुणस्तरमा मापदण्डअनुसार एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति घातक मानिन्छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro