site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चारपांग्रे ब्रान्डहरूको ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’आयोजना हुँदै

काठमाडौं । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले तीनदिने चारपांग्रे ब्रान्डहरूको ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गर्ने भएको छ । यो बृहत् अटोमोबाइल प्रदर्शनी ५ देखि ७ माघसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना हुन गइरहेको छ ।

निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डको लागि अधिकृत डिलर ‘एलिट मोटर्स प्रा.लि. तथा लिपमोटर र सिट्रन ब्रान्डका लागि अधिकृत डिलर ‘एस.एस.एल मोटर्स कम्पनी’द्वारा आयोजना हुने यस तीनदिने कार्यक्रममा सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन् । साथै आकर्षक छुटको अवसर प्राप्त गर्नेछन् ।

Dabur Nepal
NIC Asia

नेपाली अटोमोबाइल बजारका प्रख्यात र अग्रणी नामहरू शारडा ग्रुप र गोल्छा अर्गाइजेशनको सहकार्यमा यो कार्निभल आयोजना सुरू हुन लागेको हो । शारडा ग्रुपले ओमोडा, जेइको, जिकर (ईभी सेग्मेन्ट), र निसान म्याग्नाइट (पेट्रोल संस्करण)का पछिल्ला मोडलहरू प्रदर्शन गरिरहेको छ भने गोल्छा अर्गनाइजेशनले लिपमोटर र सिट्रन इ–सी–३ जस्ता अत्याधुनिक विद्युतीय सवारीसाधनहरू प्रदर्शन गरिरहेको छ ।

सहभागीहरूले यी सवारी साधनहरूको टेस्ट ड्राइभ गर्ने, आफ्नो पुरानो तथा हालको गाडी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनसको फाइदा उठाउने, र प्रतिस्पर्धात्मक बैंक ब्याजदरमा ८० प्रतिशतसम्मको फाइनान्सिङसहित वित्तीय सहजीकरण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

साथै यस कार्निभलले सहभागीहरूलाई प्रख्यात गाडीका ब्रान्डहरूको नवीनतम मोडेलहरूको उत्साहजनक टेस्ट ड्राइभका साथै र बजारको उत्कृष्ट प्रतिस्पर्धात्मक एक्सचेन्ज अफरहरूको लाभ लिन एक महत्त्वपूर्ण अवसर प्रदान गर्दछ ।

विभिन्न आधुनिक गाडीहरूको प्रदर्शन र टेस्ट ड्राइभबाहेक, कार्निभलले अन्य आकर्षक र लाभदायी विशेषताहरू पनि प्रदान गर्नेछ । सहभागीहरूले कार्निभल अवधिभर विशेष छुट, अफर तथा बजारमै प्रतिस्पर्धात्मक डिलको लाभ लिन सक्नेछन् । हरेक गाडीको खरिदमा निःशुल्क एक्सेसरिजको सुविधा र कम्प्लिमेन्टरि ‘अटो प्लस इन्सुरेन्स’ पनि समावेश रहेको छ । साथै, विद्युतीय सवारी साधन खरिद गर्नेहरूलाई घरमा नै सहज चार्जिङका लागि निःशुल्क सात किलोवाटको वाल चार्जर प्रदान गरिनेछ ।

पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल, नयाँ गाडी खरिद गर्न चाहने, गाडी तथा इभि पारखीहरूलाई कार्निभलमा भव्य सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछ । पोखरा वा नजिक हुनुहुने महानुभावहरूले यही ५ देखि ७ माघसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना भइरहेको यस विशेष अटोमोबाइल कार्निभलमा सहभागी भई अत्याधुनिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव गर्न र आकर्षक डिस्काउन्ट तथा अफरहरूको लाभ उठाउन सक्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro