site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशको अन्तरिम सरकारका सूचना सल्लाहकार नाहिद इस्लामले दिए राजीनामा

नयाँदिल्ली । बंगलादेशको अन्तरिम सरकारका सूचना सल्लाहकार तथा विद्यार्थी आन्दोलनका प्रमुख नेता नाहिद इस्लामले सल्लाहकार परिषद्बाट राजीनामा दिएका छन् ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसलाई नाहिद इस्लामले राजीनामा बुझाएका छन् ।

Dabur Nepal
NIC Asia

नाहिद इस्लामले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, "प्रदर्शनपछि विद्यार्थी र जनताको अपीलमा नयाँ बंगलादेश निर्माणको जिम्मेवारी लिनुभएकोमा म तपाईं (मोहम्मद युनुस)प्रति धेरै आभारी छु ।"

"सल्लाहकार परिषद्मा मलाई हुलाक, दूरसञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । विभिन्न चुनौतीका बाबजुद पनि तपाईंको नेतृत्वमा मैले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयास गरेको छु," उनले थप भने, "तर वर्तमान परिस्थितिमा देशको बृहत्तर हितमा विद्यार्थी र जनताको बीचमा उपस्थित रहनुपर्छ भन्ने मलाई लाग्छ, त्यसैले पदबाट राजीनामा दिनु उचित ठान्छु ।"

गत वर्ष बंगलादेशमा विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । यसपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro