site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हुन्डाईको क्रेटा ईभी सार्वजनिक, ४७३ किलोमिटर रेन्ज दिने गाडीको यस्तो छ मूल्य र फिचर

काठमाडौं । हुन्डाईको नयाँ विद्युतीय (ईभी) एसयूभी हुन्डाई क्रेटा सार्वजनिक भएको छ । दक्षिण कोरियाली अटोमोटिभ कम्पनीले शुक्रबार भारत अटोमोबिलिटी ग्लोबल एक्स्पो, २०२५ मा क्रेटा ईभी सार्वजनिक गरेको हो ।

भारतमा निर्मित किफायती, रेन्ज, डिजाइन तथा स्टाइल एवं फिचरले नेपाल, भारतलगायत देशमा क्रेटा ईभीको प्रतिक्षा गरिएको छ ।

शुक्रबार भारतमा सार्वजनिक क्रेटा ईभी लगभग एक महिनाभित्रै नेपालमा सार्वजनिक हुने हुन्डाईले बताएको छ ।

Dabur Nepal
NIC Asia

मोडल तथा भेरियन्ट
हुन्डाईको क्रेटा ईभी दुई ब्याट्री प्याकको अप्सनमा उपलब्ध छ । जसमा ४२ किलोवाटआवरको ब्याट्री प्याक अप्सनले ३९० किलोमिटर र ५१.४ किलोवाटआवरको ब्याट्री प्याकले ४७३ किलोमिटर रेन्जमा दिन्छ ।

४२ किलोवाटआवरको ब्याट्रीसँग १०० किलोवाटको मोटर छ भने, ५१.४ किलोवाटआवर क्षमताको ब्याट्री प्याक रहेको गाडीमा १२६ किलोवाटको मोटर छ ।

विभिन्न फिचर तथा डिजाइनका आधारमा क्रेटा ईभी एक्ज्युकेटिभ, स्मार्ट, प्रिमियम र एक्सीलेन्स गरी चार भेरियन्टमा उपलब्ध हुने हुन्डाईले जनाएको छ ।

नेपाल भित्र्याइने क्रेटा ईभी
नेपाली बजारमा ४२ किलोवाटआवरको ब्याट्री प्याक र एकसय किलोवाटको मोटर रहेको हुन्डाई क्रेटा ईभीका मोडल भित्र्याइने हुन्डाई नेपालले जनाएको छ । फेब्रुअरीभित्र क्रेटा ईभी एसयूभ उपलब्ध हुने हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बताएको छ ।

क्रेटा ईभीले ७.९ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति दिने कम्पनीले जनाएको छ ।

भारतीय बजारमा हुन्डाई क्रेटा ईभीको सुरुआती मूल्य १७ लाख ९९ हजार भारतीय रुपैयाँ तोकिएको छ । ४२ किलोवाटआवरको ब्याट्री रहेका सबै मोडेल २० लाख भारतीय रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध भएका छन् ।

सुरक्षा फिचर
६ एयरब्याग रहेको क्रेटा ईभीमा एबीएस विथ ईबीडी, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इडिन्केटर विथ फ्लास एडजस्टमेन्ट जस्ता सुरक्षा फिचर छन् । टिमरसहितको रियर डिफोगर, अटो होल्डसहितको ईपीबी र एफआर क्यामेरा, राडार र आरआर राडारसहितको एडास फिचर गाडीमा छ ।

एक्सटेरियर र इन्टेरियर
गाडी बाहिर सुरक्षा एवं सहजताका लागि राखिएका सुविधामा एलईडी टर्न इन्डिकेटर, एक्टिभ एयर फ्ल्याप, हेलोजन प्रोजेक्सन हेडल्याम्प, एलईडी सिक्वैन्सियल इडिन्केटर छ । यस्तै, पडल ल्याम्पविथ एच लोगो प्रोजेक्सन, एलईडी एमआरएफ हेड ल्याम्प, एलईडी डीआरएलएस र एलईडी टेल ल्याम्प जस्ता सुविधा गाडीको एक्सटेरियरमा छन् ।

hyundai-1737110714.jpg
 

गाडीभित्र ईभी युनिक कलर थिम, फुल क्लथ सिट फेब्रिक, सिफ्ट बाई वायर कलम टाइप, १०.२५ इञ्चको डिजिटल क्लस्टर, डीएलएक्स डोर स्कुफ, एम्बियेन्ट लाइटिनिंग, एलईडी रिडिंग ल्याम्प र ईभी युनिकि स्टेरिङ ह्विल छ ।

यस्तै, स्टेरिङमा अडियो तथा फोन कन्ट्रोल माउन्ट गरिएको छ । ब्लुटुथ कनेक्टिभिटी, भीआर फंक्सन, १०.२५ इञ्चको इन्फोटेनमेन्ट स्क्रिन, बोस प्रिमियम साउन्ड सिस्टम छ । आठवटा स्पिकर सिस्टम रहेको गाडीमा जिओ साभन म्युजिक स्ट्रिमिङ समेत उपलब्ध छ ।

कम्फट र कन्भिनियन्स
गाडीमा प्याडल सिफ्टरसहितको रिजेनरेटिभ ब्रेकिङ सिस्टम छ । ड्राइभर सिट ६ तरिकाले पावर एडजस्टेबल छ ।

वायरलेस र्चाजिङ, फ्रन्ट स्टोरेज, फ्रंक एलईडी ल्याम्प, रियर म्यानुअल कर्टिन, स्मार्ट पानारोमिक सनरुफ र स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ क्रेटा ईभी एसयूभीमा छ ।

गाडीको ब्याट्रीबाट अन्य कुरा चार्ज गर्न एवं उपकरण चलाउन भीटूएल, एक्यूआई इन्डिकेटर, ड्राइभ मोडल सिलेक्ट, रियर वाईपर र वासर, क्रुज कन्ट्रोल सुविधा छ ।

स्टाटका लागि पुस बटनसँगै गाडीमा स्मार्ट की रहेको छ । स्मार्ट कीबाट गाडीलाई टाढैबाट स्टार्ट गर्न सकिन्छ । गाइडलाइनसहितको रियर पार्किङ क्यामेरा र अटोफोल्डसहितको ओआरभीएम जस्ता सुविधा नेपाल भित्रिने ईभीमा मिल्ने हुन्डाईले जनाएको छ ।

भारतमा दश कलरमा उपलब्ध हुने गाडी नेपालमा सात रङमा उपलब्ध हुनेछ । जसमा पाँच वटा मेटालिक, तीन मेट र दुई डुअल टोन रङ छन् ।

चार्जिङ
११ किलोवाटको वाल बक्स फास्ट एसी चार्जिङबाट चार घण्टामा दशदेखि १०० प्रतिशत चार्ज हुने हुन्डाईले जनाएको छ । डीसी चार्जिङबाट भने ५८ मिनेटमै १० देखि ८० प्रतिशत चार्ज हुनेछ । कम्पनीले ६० किलोवाटको डीसी फास्ट चार्जर रिकोमेन्ड गरेको छ । गाडीले सीसीएस टाइप दुई चार्जिङ गन सर्पोट गर्छ ।

हुन्डाईले नेपाल, भारत, बंगलादेश, श्रीलंकालगायत देशलाई लक्षित गर्दै विश्व बजारमा निर्यात गर्ने गरी क्रेटा ईभी उत्पादन गरेको छ । कम्पनीले यसअघि कोना र आयोनिक ईभी ब्रान्ड उपलब्ध गराउँदै आएको छ ।

नेपाल, भारत, बंग्लादेश, श्रीलंकालगायत देशमा हुन्डाईको पेट्रोलियम एसयूभी क्रेटा निकै रुचाइन्छ । यस्तोमा हुन्डाईको क्रेटा ईभीले पनि विशेष स्थान बनाउने विश्वास कम्पनीको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro