कला

काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । आज काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो ।
ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । ध्रुव सांगीतिक क्षेत्रबाहिरका व्यक्ति हुन् । गुरुङको स्थायी घर इलाम हो । उनी ब्रिटिस आर्मीमा कार्यरत छन् ।
विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति थियो ।
तस्बिर सौजन्य : टौवा इभेन्टस ।
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१ १५:५२
प्रतिक्रिया दिनुहोस्