site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टायर पन्चर हुँदा हायस दुर्घटना : एकजनाको मृत्यु, १२ घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुलीमा हायस गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा३ख ८४४५ नम्बरको हायस बिहीबार (हिजो) बेलुका करिब साढे ५ बजे सुनकोसी गाउँपालिका–७, कानढुंग्रेस्थित सडकखण्डमा दुर्घटना भएको हो । टायर पन्चर हुँदा गाडी अनियन्त्रित भई सडकछेउको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी सुरुमा खुर्कोटस्थित सुनकोसी अस्पतालमा पठाइएको थियो ।

घाइतेमध्ये धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनकोसी, धुलिखेल, बीएन्डबी अस्पताल र ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । घाइतेमध्ये दुईजना ‘डिस्चार्ज’ भएका प्रहरीले जनाएको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro