site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आत्मघाती गोल निर्णायक बन्दा पुलिसविरुद्ध आर्मीको जित

काठमाडौं । इन्जुरी समयमा भएको आत्मघाती गोल निर्णायक बनेपछि राष्ट्रिय महिला लिगको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लब १–० ले पराजित भएको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा समाप्त भए पनि इन्जुरी समयमा आर्मीले एक गोल आत्मघाती उपहार पाएको हो । इन्जुरी समयको पाँचौँ मिनेटमा पुलिसकी समीक्षा घिमिरेबाट आर्मीले आत्मघाती गोल पाएको हो ।

जितसँगै ६ खेलबाट १३ अंक जोडेको आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक जोडेको पुलिस तालिकाको तेस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro