site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शुक्रबारबाट काठमाडौंमा कबड्डी लिग सुरु हुँदै

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै छ । फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता राउन्ड रोविन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म चल्ने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ । 

प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स रहेका छन् ।

सबै लिगका प्रशिक्षक तथा मार्की खेलाडीले पहिलो संस्करणको तयारी राम्रो भएको र निकै उत्साहित रहेको बताएका छन् । प्रतियोगिताअघि बिहीबार दशरथ रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा उनीहरूले पहिलो संस्करणको उपाधि जित्ने दाबी गरेका छन् ।

राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन् भने इलिमिनेटर र क्वालिफायरपछि फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ ।

उद्घाटन खेलमा शुक्रबार काठमाडौं माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro