site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य मन्त्रालयले पक्षघातको उपचारमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराउने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पक्षघातको उपचारमा प्रयोग हुने महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हरेक वर्ष झन्डै ८०० जनाको ज्यान गइरहेको पक्षघातको उपचार गरेर जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त हुने औषधि संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने बताए । 

"उपचार गर्न सकिने भए पनि औषधि दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गइरहेको पायौँ," मन्त्री पौडेलले, "यसलाई रोक्न सरकारले नै औषधि प्राप्त गरेर प्रदान गर्ने व्यवस्था मिलाउन लागेका हौँ ।"

रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान गुमाउनेको संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधिको एक मात्रा सेवन गरेमा पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् । जुन औषधिको एउटा मात्राको मूल्य नेपालमा झन्डै एक लाख ३८ हजार रुपैयाँ पर्छ ।

अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्म यस्तो औषधि सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए ।

मन्त्री पौडेलको सचिवालयका अनुसार, मन्त्रालयले यी औषधि वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षघातको औषधि र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालमा लागु हुने छ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्त्वपूर्ण भएको न्युरो चिकित्सक डा. राजु पौडेलले बताए ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro