काठमाडौं । आशिका तामाङ पाँच दिन प्रहरीको हिरासतमा रहने भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आशिकालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, आशिकाविरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान थालेको छ ।
आफूलाई अभियन्ता बताउने आशिका बुधबार स्वयम्भूबाट पक्राउ परेकी थिइन् । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिहेको छ ।
गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।
अभद्र व्यवहारको कसुर प्रमाणित भए जिल्ला प्रशासन कार्यालयले आशिकालाई १० हजार रुयैयाँ जरिवाना तथा एक वर्ष कैद वा दुवै सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।