site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वाग्मतीको पोस्टमा एपीएफको आधा दर्जन गोल

काठमाडौं । राष्ट्रिय महिला लिगको दोस्रो चरणमा सर्लाहीको वाग्मती नगरपालिकाविरुद्ध विभागीय टोली एपीएफ क्लबले ६–० को सहज जित निकालेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा एपीएफलाई जित दिलाउन रश्मीकुमारी घिसिङ र सरु लिम्बूले समान दुई गोल गरे । यस्तै, प्रीति राईले एक गोल थप्दा एपीएफले अर्को एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

खेलको ४३औँ मिनेटमा रश्मीले गोल गर्दै एपीएफलाई अग्रतामा राखेकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा रश्मीले नै एपीएफको अग्रता दोब्बर बनाइन् । ५५औँ मिनेटमा वाग्मतीकी सेमिहाङ्मा लिम्बुबाट आत्मघाती गोल भएपछि एपीएफले अग्रतालाई ३–० मा पुर्‍याएको थियो । त्यसको अर्को मिनेटमा नै सरुले गोल गर्दै एपीएफको अग्रतालाई ४–० मा पुर्‍याइन् ।

यस्तै, निर्धारित समय समाप्त हुन दुई मिनेट बाँकी हुँदा प्रीतिले गोल गर्दै एपीएफको अग्रतालाई ५–० मा राखिन् । इन्जुरी समयमा सरुले व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफले ६–० को जित पक्का गरेको हो ।

प्रतियोगिताको दोस्रो चरणमा अपराजित एपीएफको यो लगातार पाँचौँ जित हो । पाँच खेलबाट १५ अंक जोडेको एपीएफ तालिकाको शीर्ष स्थानमा छ ।

 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro