site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजलासमा रमन श्रेष्ठको तर्क– रवि लामिछाेनेलाई साधारण तारेख पनि अन्याय हुन्छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेलाई बोलाएका बेला उपस्थित हुने गरी छाड्न माग गरेका छन् । काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसका क्रममा बुधबार वरिष्ठ अधिवक्ता श्रेष्ठले लामिछानेलाई साधारण तारेखमा छाड्दा पनि अन्याय हुने बताए ।

“सर्वोच्चले बनाएका नजिर हेर्दा पहिलो साधारण तारेखमा छोड्ने, दोस्रो धरौटीमा छोड्ने र तेस्रो थुनामा पठाउने हो,” लामिछानेको पक्षमा बहस गर्दै श्रेष्ठले भने, “मेरो पक्षलाई साधारण तारेख पनि अन्याय हुन्छ । बोलाएका बेला उपस्थित हुने गरी छोडियोस् ।”

लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक र सञ्चालक हुँदा स्वर्णलक्ष्मी सहकारीबाट एकपटक ४० लाख र अर्कोपटक ५० लाख गरी कुल ९० लाख रुपैयाँ मात्र लगिएको श्रेष्ठको तर्क छ ।

“यहाँ अभियोग दाबी नै गलत छ । अभियोग दाबी गलत भए मुद्दा कन्टेन्टमा प्रवेश गर्न पर्दैन भन्ने सर्वोच्चको नजिर छ । यसकारण उनलाई सामान्य तारेख पनि अन्याय हुन्छ,” श्रेष्ठले भने ।

श्रेष्ठलेभन्दा अघि बुधबार नै वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तले पनि लामिछानेलाई रिहा गर्न माग गरेका थिए । “वादी नेपाल सरकारले बाँकी चार मुद्दामा छुट दिएर परिवारको जिम्मा लगाएर तारेखमा छोड्नुपर्छ,” इजलासमा पन्तले भनेका थिए ।

लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरेको भन्दै उनले काठमाडौंबाट पनि परिवारको जिम्मामा छोड्न माग गरेका थिए ।

सरकारी पक्ष र प्रतिवादी पक्षको बहस सकिएपछि अदालतबाट आदेश हुनेछ । अदालतले साधारण तारेख, धरौटीमा रिहा वा पुर्पक्षका निम्ति थुनामा पठाउनेमध्ये एक आदेश गर्नेछ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट नौजनाले बहस गरेका थिए । सोही दिन जाहेरवालाका तर्फबाट डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए ।

थुनछेक बहस बाँकी रहेकाले उक्त दिन उनलाई अदालतले न्यायिक हिरासतमा पठाएको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको थियो ।

यही पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी रकम बुझाएर सोही दिन उनी थुनामुक्त भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro