site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजलासमै जब रविका र सहकारी पीडितका वकिलबीच खटपट मच्चियो...

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा सोमबार दिनभर रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा बहस भयो । 

सूर्यदर्शन सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा ८४ दिन कास्की प्रहरीको हिरासतमा बसेर धरौटीमा रिहा भएपछि आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका लामिछाने इजलासको आदेशमा हिरातमा गए ।
 
सोमबार सरकारी वकिल र जाहेरवालाका वकिलको बसहमै समय सकिएपछि अन्तिममा रविलाई परिवारको जिम्मा लगाउने कि प्रहरीको भन्ने विवाद भयो । विवादमा वरिष्ठ अधिवक्ताहरू सुशील पन्त र डा. सुरेन्द्र भण्डारी नै उत्रिए । 

जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेसँगै आजका लागि बहस टुंग्याउने जनाउ न्यायाधीश माधव अधिकारीले दिए । जनाउसँगै आसनबाट वरिष्ठ अधिवक्ता पन्त उठेर इजलासको अगाडि पुगे । रविका ‘लिड लयर’ र पूर्वमहान्यायाधीवक्तासमेत रहेका पन्तले न्यायाधीशलाई रवि आफैँ अदालतमा हाजिर हुन आएकाले उनलाई वकिलको वा परिवारको जिम्मा लगाउन आग्रह गरे । 

उनको आग्रहसँगै आसनमा बसेका पीडिततर्फका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी जुरुक्कै उठे । त्रिपाठीअघि रवि ‘ह्वाइटकलर क्राइम’मा संलग्न रहेको तथ्यहरूले पुष्टि गर्ने भन्दै लामो बहस गरेका भण्डारीले रवि थुनछेक आदेशबाट समेत पुर्पक्षका लागि जाने व्यक्ति भएको भन्दै उनलाई प्रहरीकै जिम्मामा छाडिदिनुपर्ने तर्क गरे । 

दुईजनाबीच न्यायाधीशकै अगाडि घम्साघम्सी र तर्क–वितर्क सुरु भएपछि न्यायाधीश अधिकारीले हस्तक्षेप गरे । "तपाईंहरू बहस गर्नुहोला, आदेश दिन नसिकाउनुस् । जे आदेश हुने हो, यहाँबाट हुन्छ,” न्यायाधीश अधिकारीले भने ।
 
न्यायाधीश अधिकारीको हस्तक्षेपपछि रवि आफैँ इजलास नजिक पुगेर आदेशको आफूले सम्मान गर्ने बताए । “म आफैँ अदालतमा उपस्थित भएको हो श्रीमान्, इजलासको आदेशको सम्मान गर्छु,” रविले भने ।

त्यति भनेपछि न्यायाधीश अधिकारीले आदेश प्रिन्ट नै गरेर आइतबारको आदेश निरन्तर हुने आदेश सुनाए । उनले मंगलबार सार्वजनिक बिदा परेको भन्दै बुधबार पेस गर्न प्रहरीलाई आदेश सुनाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro