site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्प र मनसुनजन्य विपद् : पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि योजना स्वीकृत

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले विपद्पश्चात्‌काे पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि योजना स्वीकृत भएसँगै लाभग्राहीसँग सम्झौता प्रक्रिया अघि बढ्ने जनाएको छ ।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले आइतबार बसेको विपद् राष्ट्रिय परिषद्को १६औँ बैठकले भूकम्प र मनसुनजन्य विपद्पश्चात्‌काे पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि योजना स्वीकृत गरेको जानकारी दिँदै अब आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनर्निर्माण थालनी हुने जनाएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्राधिकरणका सहसचिव डा‍. भीष्मकुमार भुसालले विपद्बाट भएको क्षतिको विस्तृत आकलन नभएका क्षेत्रमा माघ २ गतेदेखि क्षतिको विवरण संकलन हुने बताए । 

लाभग्राहीसँग सम्झौता भएसँगै पहिलो किस्तामा ५० हजार उपलव्ध गराउने र तीन किस्तामा पूर्णता दिइने भुसालले जानकारी दिए । उनले स्थानीयस्तरमा नै इन्जिनियर खटाउने र पुनर्निर्माणमा प्रयोग हुने सामाग्रीको गुणस्तर कायम गरिने बताए । 

उनले पुनर्निर्माण र पुनःस्थानाका लागि प्राधिकरणको समन्वयमा साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने र स्थानीयलाई पनि परिचालन गरिने उल्लेख गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro